उद्योगीलाई तत्काल खोप व्यवस्था गर्न रुपन्देही उद्योग संघको आग्रह

उद्योगीलाई तत्काल खोप व्यवस्था गर्न रुपन्देही उद्योग संघको आग्रह

 

बुटवल

उद्योगीहरुलाई कोभिड १९ विरुद्धको खोप तत्काल व्यवस्था गर्न रुपन्देही उद्योग संघले माग गरेको छ । संघका अध्यक्ष बाबुराम बोहोराको नेतृत्वको एक टोलीले जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसँग भेट गरी खोप व्यवस्था गर्न आग्रह गरेको हो । सो क्रममा बोल्नुहुँदै संघका अध्यक्ष बाबुराम बोहोराले उद्योगीहरुले देशको अर्थतन्त्र, रोजगारी अभिृबद्धि र औद्योगिक विकासमा उल्लेख्य योगदान गर्दै आइरहेको भएता पनि उद्योगीहरुलाई राज्यले प्राथमिकता नदिएको प्रति गुनासो गर्नु भएको थियो । वहाँले उद्योगीहरु खोप व्यवस्था हुने आशामा धैर्य भई बसिरहेकोमा सरकारले विभिन्न क्षेत्रलाई प्राथमिकता दिंदै गर्दा उद्योगीलाई समेट्न नसकेकाले निजी क्षेत्र चिन्तित बनेको समेत बताउनु भएको थियो । सो क्रममा संघमा आवद्ध सदस्यहरुको नामावली सहितको अनुरोध पत्र अध्यक्ष बाबुराम बोहोराले प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गर्नु भएको थियो । सो क्रममा बोल्नुहुँदै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले उद्योगीहरुलाई खोप व्यवस्था गर्न आपूm चिन्तित रहेको र अबको केहीदिन भित्र खोप व्यवस्था गरी संस्था मार्पmत सदस्यहरुलाई खोप उपलब्ध गराउने आश्वासन दिनु भएको थियो । संघले पहिलो चरणमा संघमा आवद्ध उद्योगी र क्रमश उद्योगका कर्मचारीहरुलाई खोपको व्यवस्था गर्न आग्रह गरेको छ । टोलीमा संघका वरिष्ठ उपाध्यक्ष माधब प्रसाद पौडेल, द्वितीय उपाध्यक्ष कृष्ण प्रसाद पराजुली, महासचिव जिवकान्त काप्mले र प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति : सोमबार, साउन ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij