सैनामैनाका बिष्णु थारु लाखौंका अवैध जुत्ता सहित पक्राउ

सैनामैनाका बिष्णु थारु लाखौंका अवैध जुत्ता सहित पक्राउ

बुटवल मंसिर १९। रुपन्देही प्रहरीले भन्सार छली ल्याएको लाखौं मुल्य बरावरको सामान सहित बलेरा जिप नियन्त्रणमा लिएको छ।

रुपन्देही प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं २ तिनाउ पुल नजिकैबाट उक्त सामान र बलेरो जिप नियन्त्रणमा लिएको हो।

प्रहरीले कपिलबस्तु बाट बुटवल आउदै गरेको उक्त जिप खान तलासी गर्ने क्रममा ट्रेडमार्क सहितको भन्सार छलि ल्याईएकोअठार लाख बराबरको जुत्ता बरामद गरी मानिस र बलेरो जीप सहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाईएको प्रहरीले जनाएको छ।

प्रहरीले जिप संगै सैनामैना नगरपालिका वडा नं.४ मुर्गिया बस्ने जिप चालक ३२ बर्षिय बिष्नु थारु र उनले चलाई ल्याएको लु १ च ८२१३ नं.को बलेरो पिकअप जिप नियन्त्रणमा लिएर आवश्यक कानूनी कार्वाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जनाएको छ।

प्रवक्ता पौडेलका अनुसार जिप भित्र अबैध रुपमा ल्याउँदै गरेको बिभिन्न कम्पनीका जुत्ताहरु ( २५ कार्टुन ७५० जोर जुत्ताहरु रहेका छन्।

प्रकाशित मिति : आइतबार, मंसिर १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij