पालिका चुनावका लागि उम्मेदवारी दिनेको संख्या डेढ लाखभन्दा बढी

पालिका चुनावका लागि उम्मेदवारी दिनेको संख्या डेढ लाखभन्दा बढी

काठमाडौं ।

पालिका चुनावका लागि उम्मेदवारी दिनेको संख्या डेढ लाखभन्दा बढी पुगेको छ । निर्वाचन आयोगले हिजो बेलुकी उपलब्ध गराएको तथ्याँकअनुसार विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ ।

मेयरमा ३ हजार ४६६, अध्यक्षमा ३ हजार ३७८, उप-मेयरमा २ हजार १३६ र उपाध्यक्षमा २ हजार ३९२ को मनोनयन परेको आयोगले जनाएको छ । यसैगरी वडा अध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र वडा सदस्यमा ५४ हजार ६४६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

 

मेयर, अध्यक्ष, उपमेयर, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवारी नेकपा (एमाले) बाट परेको छ । आयोगकाअनुसार एमालेबाट मेयरमा २८८ र अध्यक्ष पदमा ४४६ जनाको उम्मेदवारी दर्ता भएको छ । उपमेयरमा २८३ र उपाध्यक्षमा ४४५ उम्मेदवारी परेको छ । त्यस्तै एमालेबाट वडा अध्यक्ष पदमा ६ हजार ४६८ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । त्यस्तै, सत्तारुढ दल नेपाली काँग्रेसबाट मेयरमा २६३ र अध्यक्षमा ३८२ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्रबाट मेयरमा १ हजार ३७६ र अध्यक्षमा १ हजार २४ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

कूल ३५ हजार २२१ पदका लागि आउँदो ३० गते मतदान हुँदैछ ।

प्रकाशित मिति : बुधबार, बैशाख १४ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij