सिद्धार्थ नगरमा कांग्रेस र माओबादी बिच तालमेल

सिद्धार्थ नगरमा कांग्रेस र माओबादी बिच तालमेल

 

भैरहवा

सक्तारुढ गठबन्धनको केन्द्र, प्रदेश र जिल्लाको भावनलाई आत्मसाथ गर्दै रुपन्देहीको सिद्धार्थ नगर नगरपालीकामा नेपाली कांग्रेस र एकीकृत नेकपा माओबादी केन्द्रले स्थानीय तहको निर्वाचनमा तालेमेल गरेका छन् ।

आगामी बैशाख ३० गते स्थानीय तह निर्वाचमा चुनावी तालमेल गर्दै गठबन्धनको मेयरमा कांग्रेसबाट ईस्तियाक अहमद खान र उपमेयरमा माओबादीबाट कमला थापाको उम्मेदवारी रहने छ । यसअघी माओबादीबाट मेयरमा मनिष कुमार जोसी र काग्रेसबाट पल्लवी न्यौपानेले उपमेयरमा उम्मेदवारी दिएका छन् । प्रतिगमनलाई पराजीत गर्दै राष्ट्रियता, लोकतन्त्र, सविधानको रक्षाका लागी एकता आवश्यक रहेको भन्दै दुवै दल र उम्मेदवारहरुले एक आपसमा सहमती गरी सयुक्त गठबन्धनको मर्म अनुसार अगाडी बढ्ने निर्णय भएको नेपाली कांग्रेस सिद्धार्थ नगरका सभापति कोशिस बहादुर खड्काले जानकारी दिए । सहमती अनुुरुप आफ्नो उम्मेदवारी फीर्ता लिदै मेयरका उम्मेदवार जोसीले गठबन्धनका उम्मेदवारलाई जिताउनु सवैको दायीत्व रहेको बताए । तुनावी तालमेलसगैं गठबन्धनको जित थप शुनिश्चित भएको उनले बताए ।

त्यस्तै उपमेयरकी उम्मेदवार न्यौपानेले आफुले उम्मेदवारी फीर्ता गरे पनि आफुनै उम्मेदवार भएको सम्झेर गठबन्धनलाई जिताउन लागी पर्ने बताईन् । गठबन्धन भएसगै शनिवारदेखी मेयर र उपमेयरका उम्मेदवारहरु सयुक्त रुपमा घरदैलोमा निस्कने भएका छन् ।

प्रकाशित मिति : शुक्रबार, बैशाख १६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij