संयुक्त लोकतान्त्रिक गठबन्धनद्वारा मतदाता भेटघाट कार्यक्रम सम्पन्न

संयुक्त लोकतान्त्रिक गठबन्धनद्वारा मतदाता भेटघाट कार्यक्रम सम्पन्न

बुटवल – नेपाली कांग्रेस , नेकपा समाजबादी , राष्ट्रिय जनमोर्चाको गठबन्धनका उम्मेदवारहरुको भेटघाट तथा अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस धुर्कोट रुपन्देही सम्पर्क समिती र सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रममा धुर्कोट गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार महेन्द्र प्रसाद भण्डारी र उपाध्यक्ष पदका उम्मेदवार चन्द्र बहादुर सुनारको उपस्थिति रहेको थियो । कार्यक्रममा नेकपा समाजबादीका केन्द्रीय सदस्य गणेश खनाल , नेपाली कांग्रेसका प्रदेश सदस्य छन्द पहराई , नेपाली कांग्रेसका जिल्ला उपसभापति एवम धुर्कोट गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिव बहादुर खत्री , राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य सुर्य जिसि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा अध्यक्षका उम्मेदवार भण्डारी र उपाध्यक्षका उम्मेदवार चन्द्र सुनारले धुर्कोटको बिकासका निम्ति संयुक्त लोकतान्त्रिक गठबन्धनलाई बिजय बनाउन अपिल गर्नुभएको थियो । साथै उहाँहरुले समानुपातिक बिकास र कर्मठ ,भौगोलिक अवस्था बुझेको यो गठबन्धनलाई सहयोग गरि बिजय बनाउन आआफ्नो ठाउँबाट लाग्न सम्पुर्ण धुर्कोटबासीलाई अनुरोध गर्नुभएको थियो । बिमल घिमिरेको सञ्चालन एबम यदुमनी पोख्रेलको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मिति : सोमबार, बैशाख १९ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij