बुटवल – बुटवल उपमहानगरको ३ वडा वार्डको मतगणनाको पछिल्लो परिणाम अनुसार गठबन्धनबाट कांग्रेस उम्मेदवार खेलराज पाण्डेले आफ्नो अग्रता कायमै राखेका छन् । वार्ड नम्बर १ को नतिजा सार्वजनिक हुँदा र वार्ड नम्बर २ र १९ को अन्तिम परिणामको तयारी भईरहँदा पाण्डेले अग्रतालाई कायम राखेका हुन् ।
पछिल्लो परिणाम अनुसार पाण्डेले २३३१ मत सहित अग्रता कायम गरेका छन् भने उनलाई एमालेका बावुराम भट्टराईले १३८७ मतका साथ पछ्याईरहेका छन् ।
त्यसैगरि उप प्रमुख पदमा एमालेकी सावित्रा अर्यालले १४५८ मतका साथ अग्रता लिएकी छन् भने उनलाई गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार चिनबहादुर गुरुङले १२०३ मत सहित पछ्याईरहेका छन् ।
वडा नम्बर २ र १९ को मरिणाम घोषणाको तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए ।
प्रकाशित मिति : आइतबार, जेष्ठ १ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्