तिलोत्तमाकी उपमेयरकी बुहारीले दिइन् घरेलु हिंसामा परेको उजुरी, सासुले बेवास्ता गरेको आरोप

तिलोत्तमाकी उपमेयरकी बुहारीले दिइन् घरेलु हिंसामा परेको उजुरी, सासुले बेवास्ता गरेको आरोप

बुटवल ।
स्थानीय तहमा सामान्यतया घरायसी विवाद मिलाउने काम उपप्रमुख तथा न्यायिक समिति संयोजकको हो । तर, रूपन्देहीको तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीकी बुहारीले आफूमाथि घरेलु हिंसा भएको भन्दै उजुरी दिएकी छन् ।

तिलोत्तमा नगरपालिका १७, गंगोलिया मुडियारी निवासी जागेश्वरीदेवीकी बुहारी २५ वर्षीया वर्षा थारूले घरेलु हिंसामा परेको भन्दै उजुरी हुन् । वर्षाले आफ्ना श्रीमान् मोहन थारूले दैनिक लागुपदार्थ सेवन गरी कुटपिट गर्ने, गाली बेइज्जती गर्ने र मानसिक यातना दिने गरेको आरोप लगाएकी छन् । उनले इलाका प्रहरी मंगलापुरमा उजुरी दिएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख एवं प्रहरी नायव निरीक्षक थमनबहादुर रोकाले जानकारी दिए ।

रोकाका अनुसार मोहनको कुटाइबाट वर्षाको शरीरमा चोटसमेत लागेको छ । मोहनले दैनिक लागुपदार्थ सेवन गरेर शारीरिक तथा मानसिक तनाव दिँदा घरका सासु ससुराले समेत बेवास्ता गरेको वर्षाको आरोप छ ।

गाडी चलाउने काम गर्ने श्रीमान् मोहनले घरखर्च नदिने, यातना दिने र सासु जागेश्वरी एवं ससुराले समेत बेवास्ता गर्दा आफूले बच्चाको लालनपालनमा समस्या भोगेको उनले प्रहरीलाई बताएकी छन् ।

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुटवल पठाइएको रानाले बताए । घटनाबारे थप जानकारी दिन खोज्दा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले वर्षाका श्रीमान् मोहन थारू सम्पर्कविहीन भएको बताए ।

वर्षाको शरीरमा रहेको चोटबारे जानकारी लिन लुम्बिनी प्रादेशिक अस्पतालमा रहेको ओसीएमसीमा पठाइएको तर उनी सम्पर्कमा नआएको प्रहरी प्रमुख केसीले बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको र वर्षालाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको बताउँदै उनले बताए ।

घटनाबारे प्रतिक्रिया लिन खोज्दा उपप्रमुख चौधरी सम्पर्कमा आइनन् । चौधरी नेकपा ९एमाले०बाट दोस्रोपटक तिलोत्तमाको उपप्रमुखमा निर्वाचित भएकी हुन् ।

प्रकाशित मिति : सोमबार, साउन १६ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij