कपिलवस्तु
कपिलवस्तुमा भन्सार छली नेपाल ल्याइएका मोटरसाइकलसहित एक जना व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको मायादेवी गाउँपालिका वडा नं. ३ ठूलो खैराटी बस्ने ११ बर्षीय संजय यादव रहेका छन् ।
यादवलाई अबैध रुपमा भारत हुँदै भन्सार छली ल्याइएका दुई वटा मोटरसाइकलसहित आफूले प्रयोग गर्ने मोटरसाइकलसहित पक्राउ गरिएको हो ।
उनीसंग पक्राउ परेका तीन मोटरसाइकलको रकम दुई लाख बराबरको रहेको छ ।
उनलाई आवश्यक कारबाहीको लागि सुठौली भन्सार कार्यालयको जिम्मा लगाइएको कपिलवस्तु प्रहरीका प्रवक्ता तथा प्रहरी उपरीक्षक जेसी शाहले जानकारी दिए ।
प्रकाशित मिति : आइतबार, साउन २२ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्