दलहरुलाई आयोगको पत्र : प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार बनाउनू

दलहरुलाई आयोगको पत्र : प्रत्यक्षतर्फ ३३ प्रतिशत महिला उम्मेदवार बनाउनू

काठमाडौं – निर्वाचन आयोगले राजनीतिक दलहरुलाई प्रत्यक्षतर्फ पनि एक तिहाइ महिला उम्मेदवार बनाउन निर्देशन दिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभामा एक तिहाइ महिला प्रतिनिधित्व हुनुपर्ने कानुनी बाध्यता छ । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ पनि एक महिला उम्मेदवार बनाउन बाध्यकारी छैन । तर आयोगले आयोगले दलहरुलाई पत्र पठाई प्रत्यक्षतर्फ पनि एक तिहाइ महिला उम्मेदवार बनाउन निर्देशन गरेको हो ।

‘संविधानको धारा ३८ को उपधारा (४), धारा ४२ र धारा ४७ को मर्म बमोजिम कम्तीमा एक तिहाइ महिला सुनिश्चित गरी मनोनयन गर्न निर्वाचन प्रयोजनका लागि दर्ता भएका सबै राजनीतिक दलहरुलाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्देशन दिने’, आयोगले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले पत्र पठाएपछि आयोगले दलहरुलाई पत्र लेख्ने निर्णय गरेको प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बताए । ‘संसदको समितिले पत्र पठाएकाले हामीले पनि निर्णय गरेको मात्रै हो’, प्रमुख आयुक्त थपलियाले भने ।

अर्थात् दलहरुले यसअघि जस्तै प्रत्यक्ष र समानुपातिक दुबैतर्फ गरी ३३ प्रतिशत महिला सांसद बनाउनुपर्नेछ । आयोगले दलहरुलाई समानुपातिकको बन्दसूचीमा ५० प्रतिशत उम्मेदवार बनाउन निर्देशन दिएको छ ।

प्रकाशित मिति : आइतबार, असोज २ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij