राजु गुरुङको रिट विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा

राजु गुरुङको रिट विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा

काठमाडौं – सत्ता गठबन्धनका तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा उठेका नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ ।

गुरुङको बैंकिङ कसुरमा कालो सूचीमा नाम देखिएको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएको थियो । त्यसपछि गुरुङ रिट लिएर सर्वोच्च अदालत आएका छन् ।

उक्त रिटमाथि गत शुक्रबार पनि पेशी तोकिएको थियो । तर, गुरुङ पक्षकै कानुन व्यवसायीहरुले सुनुवाइ स्थगित गर्न माग गरेपछि स्थगित भएको थियो ।

प्रकाशित मिति : आइतबार, असोज ३० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij