लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार मात्रै आउने

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम शुक्रबार मात्रै आउने

बुटवल
लुम्बिनी प्रदेश सरकारले आउँदो वर्षका लागि नीति तथा कार्यक्रम जेठ २६ गते ल्याउने भएको छ ।

प्रदेश सरकारले यसअघि बिहीबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरे पनि एकदिन ढिला गरि शुक्रबार मात्रै ल्याउन लागेको हो ।

नीति तथा कार्यक्रम सार्वजनिक गर्ने प्रयाेजनका लागि बिहीबारका लागि बाेलाइएकाे प्रदेश सभाकाे बैठक स्थगित गरि शुक्रबार सारिएको छ ।

प्रदेश सरकारले रोजगारी र व्यावसायिक कृषिलाई प्राथमिकता दिने गरी नीति कार्यक्रम ल्याउन लागेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले जानकारी दिए ।

प्रदेश सरकारले एक वर्षमा उद्योग, भौतिक पूर्वाधार, विकासलगायत काममा २ लाख जनालाई रोजगारी दिने किटान गरेरै नीति कार्यक्रमको तयारी गरेको उनको भनाइ छ ।
रोजगारीका क्षेत्र किटान गरेर गरीब, सीमान्तीकृत, अल्पसंख्यक, मुक्त कमैया, कमलरी, महिलालगायतलाई रोजगारीमा प्राथमिकता दिइनेछ । नीति तथा कार्यक्रममा प्रदेशको वन र खानीलाई उपयोग गरी त्यसबाट आर्थिक उपार्जन गर्ने कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको उनले बताए ।

नीति तथा कार्यक्रममा नयाँ कार्यक्रमका रुपमा मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम समावेश गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २५ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij