बुटवल,
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर तीनमा गत वर्षको वार्षिक समिक्षा तथा आर्थिक वर्ष २०८० । २०८१ को पूर्व योजना तर्जुमा, बजेट निर्माण र सेवा प्रवाह सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार भएको पूर्व योजना तर्जुमा, बजेट निर्माण र सेवा प्रवाह सम्बन्धी छलफल कार्यक्रम वडा नम्बर तीनका वडा अध्यक्ष कल्याण पौडेलको अध्यक्षतामा भएको हो ।
छलफल कार्यक्रममा टोल विकाश संस्थाका अध्यक्ष,आमा समुहकाअगुवा, राजनैतिक दलका प्रतिनिधि,समाजसेवी, उद्योगी,बुद्धिजीवि लगायतसंग छलफल गरिएको र सहभागीले दिएको सुझावलाई समेट्रिने पौडेलले बताउनु भयो ।
कार्यक्रममा सहभागीले कुनै दवाव,प्रभाव , आफनो मान्छे र क्षेत्र नभनेर आवश्यकताका आधारमा बजेट विनियोजन गर्न सुझाव दिए ।
त्यस्तै सहभागीले भौतिक विकाशसंगै सामाजिक, मानवीय विकाशमा बजेट विनियोजन गर्न सुझावसंगै सडक,,खानेपानी,स्वास्थ्य,शिक्षा, कृषि ,सुरक्षा लगायत सीपमुलक कार्यक्रममा बजेट विनियोजन गर्न सुझावसंगै माग गरे।
तिलोत्तमा नगरपालिका वडा नम्बर तीनमा १२ वटा टोल विकाश संस्था रहेका छन ।
वडा नम्बर तीनमा ७२ वटा योजनाको माग रहेको र अहिले वडाका लागी जम्मा एक करोड छ लाखको बजेटको सिलिङ् रहेको माग बढी र रकम थोरै रहेकोले सहभागीको सुझाव र आवश्यकताका आधारमा विनियोजन गरिने र कुनै भेदभाव नगरिने वडा अध्यक्ष पौडेलले बताउनुभयो
कार्यक्रमको संचालन वडा सचिव गोकुल गिरीले गर्नु भएको थियो ।
प्रकाशित मिति : शनिबार, जेष्ठ २७ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्