सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्डमा सवारी आवागमन सुचारु

सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्डमा सवारी आवागमन सुचारु

पाल्पा
सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तानसेन नगरपलिका ८, गौडेपुल नजिकै खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सुचारु भएको छ ।

पहिरो सफा गर्दागर्दै सडक डिभिजन कार्यालयको डोजरको टायर पन्चर भएपछि सडक खुलाउन ढिलाइ भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले बताए ।

सडक एकतर्फी खुलाएर साना सवारी साधन, मोटरसाइकल र अत्यावश्यक सवारी साधन गन्तव्यमा पठाइएको छ ।

लामो समय सडक अवरुद्ध भएपछि पाल्पातर्फ आउने र बुटवल हिँडेका सयौं सवारी साधन अलपत्र परेका थिए ।

बुटवलदेखि नारायणगढ हुँदै काठमाडौं जाने सवारी साधनसमेत सिद्धार्थ राजमार्ग भएर आएकाले सयौंको संख्यामा सवारी साधन अलपत्र परेका थिए । काठमाडौंबाट पश्चिम हिँडेका सवारी साधनसमेत यही सडक भएर हिँडेका छन् ।

यसअघि अविरल वर्षासँगै माथिल्लो भागबाट खसेको लेदो र गेग्रानले अवरुद्ध भएको सिद्धार्थ राजमार्गको सेरा र धैरेनीतर्फबाट आएका सवारी साधनसमेत पहिरोमा फसेका छन् । राजमार्गमा पहिरोका कारण बिहानैदेखि यात्रु र सवारी साधन सडकमै थिए ।

प्रकाशित मिति : मंगलबार, असार १९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij