काठमाडौं
एक क्विन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नरेश भनेर चिनिने सुरेन्द्र तामाङ रहेका छन् । विभागका एक अधिकारीका अनुसार, तामाङले सुन व्यवस्थापनका लागि गोदाम खोजिदिने काम गरेका थिए ।
उनलाई पक्राउ गरेर विभागले माथिल्लो नेक्ससबारे अनुसन्धान गरिरहेको छ । योसँगै सुन तस्करी प्रकरणमा समातिनेको संख्या १७ पुगेको छ ।
त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर २ साउनमा एक क्वीन्टल सुन बाहिरिएको थियो । विशेष सूचनाका आधारमा राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।
हङकङबाट आएको सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक शु’ भित्र लुकाएर ल्याइएको थियो ।
प्रकाशित मिति : बुधबार, साउन १० २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्