तिलोत्तमामा प्रत्येक शुक्रबार विद्यार्थीले पुस्तक बोक्न नपर्ने

तिलोत्तमामा प्रत्येक शुक्रबार विद्यार्थीले पुस्तक बोक्न नपर्ने

बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अबदेखि शुक्रबार विद्यार्थीहरुले विद्यालय जाँदा पुस्तक बोक्नु नपर्ने भएको छ । नगर क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रत्येक शुक्रबार पाठ्यपुस्तक रहित सृजनात्मक सीप विकास कार्यक्रम गर्ने भएकाले विद्यार्थीहरुले पाठ्यपुस्तक बोक्नु नपर्ने भएको हो । तिलोत्तमा नगरपालिकाले एक सूचना जारी शुक्रबारका दिन कला, योग शिक्षा, साहित्य, संगित, खेलकुद लगायतका सृजनात्मक कार्यहरु तथा इमान्दारिता, अनुशासन, सदाचारिता सम्बन्धि व्यवहारिक शिक्षा प्रदान गराउन आग्रह गरेको छ ।‘प्रस्तुत विषयमा तिलोत्तमा नगरपालिकाको आ.व २०८० /८१ को लागि प्रस्तुत एवम् स्वीकृत गरीएको वार्षिक नीति तथा कार्यक्रममा पाठ्यपुस्तक रहित सिर्जनशील शुक्रवार (Creative Friday Without Text Books) लाई नगर क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रत्येक शुक्रबार पाठ्यपुस्तक रहित सृजनात्मक सीप विकास कार्यक्रम सञ्चालन गर्ने भनी उल्लेख भएको छ साथै नगर प्रमुख नगर उपप्रमुख तथा विषयगत समितका संयोजकहरुको उपस्थितीमा नगर क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्र.अ.हरुको बैठकबाट यस कार्यक्रमलाई उच्च प्राथमिकताका साथ अगाडी वढाउने निर्णाय भए बमोजिम सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुले प्रत्येक शुक्रबारका दिन कला, योग शिक्षा, साहित्य, संगित, खेलकुद लगायतका सृजनात्मक कार्यहरु तथा इमान्दारिता, अनुशासन, सदाचारिता सम्बन्धि व्यवहारिक शिक्षा प्रदान गर्नु गराउनुहुन सम्बन्धित सम्पूर्णमा जानकारीका लागि अनुरोध छ ।’–सूचनामा भनिएको छ ।

प्रकाशित मिति : बिहिबार, साउन ११ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij