अर्घाखाँची – अर्घाखाँची मालारानीको गोखुंगामा आज दिउँसो चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।
त्यस्तै चट्याङ लागेर अन्य चार जना जना गम्भीर घाइते भएका छन् ।
ज्यान जानेमा अर्घाखाँचीको मालारानी गाउँपालिका–९ गोखुंगा सेपानेका स्थानीय २० वर्षीय मिलन खनाल रहेका छन् ।
सन्धिखर्क अस्पतालमा उपचारको क्रममा खनालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख मुकुन्द रिजालले बताउनु भयो ।
चट्याङ लागेर गम्भीर घाइते भएका दामोदर खनाल, जेमबहादुर पुन, चन्द्रबहादर पुन र लिलबहादुर पुनलाई भने उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटबल रिफर गरिएको छ ।
प्रकाशित मिति : सोमबार, भाद्र १८ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्