इजरायलमा आक्रमणमा परी ज्यान गुमाएका नेपालीको शव तत्काल ल्याउन संसदीय समितिको सरकारलाई निर्देशन

इजरायलमा आक्रमणमा परी ज्यान गुमाएका नेपालीको शव तत्काल ल्याउन संसदीय समितिको सरकारलाई निर्देशन

बुटवल,२३ असोज । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीको शव तत्काल ल्याउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।

प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन निर्देशन दिएको हो। ​

मंगलबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । सरकारलाई समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति राजकिशोर यादवले घाइतेहरुको स्वास्थ्योपचार गर्न, बेपत्ता भएका नेपालीहरूको तत्काल खोजि गर्न र अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन दिए।

उनले घटनाका पीडित एवं पीडित परिवारलाई राहतको व्यवस्था गर्न, स्वदेश फिर्ताको चाहना भएका नेपालीहरूलाई तत्काल फिर्ताको लागि आवश्यक समन्वय र शीघ्र पहलकदमी लिन पनि सरकारलाई निर्देशन दिए।

समितिले भविष्यमा हुने यस्ताखाले घटनाको पूर्वआँकलन गरी विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा नेपालीहरूको विवरण आवधिक गरी पूर्ण अवस्थामा राख्न पनि सरकारलाई निर्देशन दिएको छ ।

​समितिले विदेशस्थित कूटनीतिक नियोगहरूलाई श्रोत, साधनसहित सक्षम बनाउन समेत परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।

 

प्रकाशित मिति : मंगलबार, असोज २३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij