राष्ट्रिय अपांग महासंघ नेपालकाे चौथो साधारण सभा बुटवलमा सम्पन्न

राष्ट्रिय अपांग महासंघ नेपालकाे चौथो साधारण सभा बुटवलमा सम्पन्न

बुटवल,९ मंसिर ।

राष्ट्रिय अपांग महासंघ नेपाल लुम्बिनी प्रदेश समितिको चौथो
साधारणसभा बुटवलमा सम्पन्न भएको छ ।

साधारण सभाको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका सामाविक विकास मन्त्री चन्द्रकेश गुप्ता (सिके) ले अपांग समुदायको हितको लागि प्रदेश सरकार जहिले पनि तयार रहेको
बताएका थिए ।

उनले अपांगता समुदायको हितको लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न योजना सहितको कार्यक्रम ल्याएको भन्दै उनष्ले अपां·ता समुदायको हितको लागिआफ्नो
पहल जहिले पनि सकारात्मक हुने बताएका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले अन्य समुदाय भन्दा पनि
कजोर समुदायको रुपमा रहेको अपां·ता समुदायको हितको लागि आफुले पहल गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने बताएका थिए । उनले भने, म तपाईंहरुको साथमा रहेको छु, अपां·ता समुदाय अन्य समुदाय भन्दा पछाडी परेको भएपनि हामी समाजको मुलधारमा ल्याउनको लािग पहल जारी छ । अपांगता समुदायको लाई शिक्षाको मुल धारमा ल्याएर ,सिपमुलक, आयमुलक, चेनालमुलक तालिम प्रदान गरी सामुदायमा आधारित पुर्नस्थापनाको लागि जोड दिनुपर्ने मन्त्री गुप्ताको जोड दिए ।

शिक्षा नै जीवनको आधार भएको भन्दै उनले कोही पनि शिक्षाको न्यानो घामबाट बञ्चीत हुन नपरोस् भन्ने हेतुको साथमा अपां·ता भएका वालवालिकाहरुको लागि शिक्षामा जोड दिनुपर्ने बताएका थिए ।

कार्यक्रममा राष्टिय अपांग महासंघका केन्द्रीय अध्यक्ष देवीदत्त आचार्यले अपां·ता समुदायको लागि सरकारका ३ वटा तहबाट आश्यक सहयोग र पहल हुन नसकेको बताएका थिए ।उनले अपां·ता समुदायको हितको लागि तिन वटा तहले योजनाबद्ध विकास गर्न आवश्यक रहेको बताएका थिए ।

कार्यक्रममा राष्टिय अपांग महासंघ नेपाल निर्वतमान अध्यक्ष
मित्रलाल शर्माले अपां·ता अधिकारको लागि सबै जना एकजुट हुपर्ने बताएका थिए ।

यस्तै अपांग महासंघका केन्द्रीय अनुशासन आयोगका संयोजक तथा पुर्व बरिष्ठ राष्ट्यि उपाध्यक्ष देवीबहादुर पोखरेलले अपां·ता
अधिकारका लागि स्वयम अपां·ता भएका समुदाय र अभिभावकहरुको ठुलो भूमिका रहेको बताएका थिए ।

राष्ट्यि अपांग महासंघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष हुमनाथ
अधिकारीको अध्यक्षता सचिव सन्तोष पन्थीको सञ्चालनमा भएको कार्यक्रममा भावकुजंग थापा लगायतले बोलेका थिए ।

पत्रकार खनाल सहित ३ सम्मानितसाधारण सभा तथा अधिवेसनको अवसरमा बुटवल टुडे राष्टिय दैनिकका उप
सम्पादक समेत रहेको पत्रकार कृष्ण खनाल सहित अन्य २ जनालाई सम्मान गरिएको छ ।

सामाजिक विकास मन्त्रालयलका महाशाखा प्रमुख शारदा बेल्बासे, ईन्सेक रुपन्देहीका प्रतिनिधी रिमा बिसीलाई
सम्मान गरिएको बताइएको छ ।

सम्मानित व्याक्तिहरुलाई मन्त्री सिके गुप्ता, महासंघका लुम्बिनी प्रदेश अध्यक्ष हुमनाथ अधिकारी, संघीय अध्यक्ष देवीदत्त आचार्य सहित प्रदेश सचिव सन्तोष पन्थीले सम्मान गरेका हुन् ।

प्रकाशित मिति : शनिबार, मंसिर ९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij