तिलाेत्तमा १४ मा पार्क निर्माण सुरू

तिलाेत्तमा १४ मा पार्क निर्माण सुरू

तिलाेत्तमा-रूपन्देहीको तिलाेत्तमा नगरपालिका १४ मा पार्क निर्माण सुरू गरिएकाे छ । तिलाेत्तमा नगरपालिकाका प्रत्येक वाडमा एक पार्क बनाइने उदेश्यअनुरूप वाड नम्बर १४ मा पार्क निर्माण कार्य अघि बढाइएको हाे । शनिबार एक कार्यक्रमकाे अायाेजना गरी नव टिकुलीगढ युवा क्लवकाे अायाेजनामा अब छिट्टै डिपिअार बनाएर पार्क निर्माण अघि बढाइने क्लबले जनाएकाे छ । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका गृहमन्त्री तथा प्रवक्ता सन्ताेष कुमार पाण्डेले पार्क निर्माणका लागि सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले अब यसलाई पर्यटकीय दृष्टिकोणले अगाडि बढाउनु पर्ने उल्लेख गरे। पार्कहरूका कारण हरेक मानिस स्वस्थ रहन मद्दत पुग्ने र मनमा शान्ति छाउने बताएका हुन् । त्यस्तै तिलाेत्तमा नगरपालिकाका कार्यपालिका सदस्य तथा सामाजिक विकास समिति संयाेजक रवि सेन्चुरीले अहिले पार्ककाे सुरूवात भएकाे र यसलाई अागामी दिनमा तिलाेत्तमा १४ काे गहना बनाउनु पर्ने बताएका छन् । क्लबका सल्लाहकारसमेत रहेका संयाेजक सेञ्चुरीले पार्कका लागि पालिकाबाट बजेट छुट्टयाइएको तर त्याे अपुग भएकाेले त्यसका लागि प्रदेश सरकारबाट सहयाेगकाे अपेक्षा गरेकाे बताए । उनले पार्क बनेमा राेजगारीकाे अवसर सृजना हुने अपेक्षा गरे । वाड अध्यक्ष अाश्विव पाैडेलले नगरले प्रत्येक वाडमा रू १ लाखका दरले नगरपालिकाबाट बजेट विनियोजन गरिसकेकाे बताए । तर रकम अपुग भएकाले प्रदेश सरकारले पनि यसमा सहयाेग गर्नु पर्ने अाशा व्यक्त गरेका छन् । पूर्व वाड अध्यक्ष साेहन प्रसाद थारूले याेजनावद्ध तरिकाले डिपिअार बनाएर काम अगाडि बढाउनु पर्ने बताउँदै उनले युवाकाे जाेस जाँगरलाई खेर जान नदिन अाग्रह गरे । हाल पार्क निर्माणस्थलमा झाडी सरसफाइकाे काम भैसकेको छ । करिब १ बिगाहा जग्गामा पार्ककाे अन्य कामका लागि अब छिट्टै डिपिअार बनाएर अघि बढाइने क्लवका अध्यक्ष विजय गुरूङले बताए । क्लवका सचिव शान्ति पुनकाे स्वागत रहेका कार्यक्रमकाे सञ्चालन बुद्धि थापा मगरले गरेकाे थिए । देउसी भैलाे खेलेर संकलन भएकाे रू तीन लाख रकमबाट पार्ककाे निर्माण कार्य अगाडि बढाइएको क्लवका दिपक श्रीस मगरले बताए ।

प्रकाशित मिति : शनिबार, मंसिर २३ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij