लुम्बिनीमा लैँगिक समानता विषयक कार्यशाला

लुम्बिनीमा लैँगिक समानता विषयक कार्यशाला

सुरेश परियार,

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकामा लैँगिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजना तथा शताब्दी रिसर्च सेन्टरको प्राविधिक सहयोगमा सो कार्यक्रम भएको हो। लुम्बिनी साँस्कृतिक नगरपालिका भित्र लैँगिक सामानता र सामाजिक समावेशीकरणको विषयमा कार्यक्रम संयोजक ज्योति पौडेलले प्रस्तुतिकरण दिएकी थिईन् ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिका उपमेयर कल्पना हरिजनले समाजमा लैँगिक समानता कायम राख्नुपर्ने बताईन् ।जेष्ठ,अपांग,दलित र अल्पसंख्यकलाई उच्च प्राथमिकता दिनुपर्ने भन्दै पालिकाबाट उच्च प्राथमिकता दिएर काम गर्दै आएको बताईन् ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवाली,वडाअध्यक्ष तथा कार्यपालिका सदस्य,शताब्दी रिसर्चका टिम,नगरपालिकाका शाखा प्रमुख तथा महिला कर्मचारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भने नगरपालिकाका प्रेस संयोजक सुरेश परियारले गरेका थिए ।

प्रकाशित मिति : आइतबार, मंसिर २४ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij