मैथिल समाज नेपाल रूपन्देहीको १६ औ वार्षिक साधारणसभा तथा अधिबेशन सम्पन्न भएकाे छ । बुटवलमा भएकाे साधारणसभा तथा अधिवेशनमा प्रमुख अतिथि समाजका भूपु उपाध्यक्ष विजय कुमार झाकाे प्रमुख अातिथ्यता रहेकाे थियाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि झा ले मैथिल समाजले समाजका व्यक्तिलाई एकत्रित मात्रै नभई विभिन्न समयमा सामाजिक काम गरेकाे भन्दै प्रशंसा व्यक्त गरे । उनले यस किसिमका कार्यलाई अझै बढाउन अाग्रह गरे । कार्यक्रममा विशिष्ट अतिथि मैथिल समाज नेपाल केन्द्रीय संस्थापक अध्यक्ष अमरेश नारायण झा , वाड नम्बर ३ का सदस्य हरि नारायण मिश्र मैथिल समाज नेपाल भैरहवा अध्यक्ष अमर कान्त झा लगायतकाे सहभागिता रहेकाे थियाे । मैथिल समाजका अध्यक्ष अमरेन्द्र कुमार सिंहकाे अध्यक्षता रहेकाे कार्यक्रममा उपाध्यक्ष स्वागत रिता कुमारी शाहले स्वागत गरेकी थिइन् । मैथिल महिला समाज सचिव निलम शाहले कार्यक्रम सञ्चालन गरेकी थिइन् । विभिन्न समयमा भएका कार्यक्रमका संयाेजकहरूलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको समाजले जनाएकाे छ ।

प्रकाशित मिति : आइतबार, पुष २२ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्