नेपालगन्ज , बाँकेको नरैनापुरमा एकजना १५ वर्षिय किशोरी बलात्कृत भएकी छन् । हिजो अपरान्ह ५ बजेको समयमा यनीमाथि जबर्जस्ती करणी भएको प्रहरीले जनाएको छ । बलात्कार गरेको आरोपमा नरैनापुर गाउँपालिका वडा नं। ५, हुलासपुर्वा बस्ने जगबहादुर तेलीलाई पक्राउ गरिएको छ ।
मटेहियादेखि नरैनापुर जाने मोडमा हिजो करीब ५ बजेतिर जबरजस्ती करणी भएको र करणीबाट किशोरीको अत्यधिक रक्तश्राव भएको स्थानीयले बताएका छन् । स्थानीयले खबर गरे लगत्तै भगवानपुर ईलाका प्रहरी कार्यालयका प्रमुख टोपेन्द्र बुढामगरको नेतृत्वमा घटना स्थल पुगी युवतीलाई स्वास्थ्य उपचारको लागि भेरी अस्पताल पठाएको जिल्ला प्रहरी कायर्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक आकाश भुसालले बताए । करणी ष्रेर फरार भएका भनिएका तेलीलाई नरैनापुरबाटै पक्राउ गरिएको पनि भुसालले जानकारी दिए ।
रक्तश्राव भएको बिशोरीको भेरी अस्पतालमा उपचार भइरहेको जनाउँदै तेलीमाथि जबर्जस्ती करणी अभियोगमा अनुसनधान थालिएको प्रहरिले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, फाल्गुन ४ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्