सप्तरी, कुम्भ स्नान गरेर फर्किदै गरेको स्कारपियो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । भारतको यूपी राज्य अन्तर्गत गोरखपुरमा मेलाबाट फर्किदै गरेको स्करपियो ट्याक्टरसँग ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप वडा नम्बर ७ का अन्दाजी ६५ वर्षीय पर्शुराम चौधरी, ५५ वर्षीया लीलाबती देवी र कञ्चनरुप वडा नम्बर ५ का ५५ वर्षीया हरिहरदेवी यादव रहेका छन् ।
यसैगरी, सोही दुर्घटनामा सुनसरीको मधुवनकि सन्तुलिया देबि यादवको पनि निधन भएको छ । दुर्घटनामा परि ५ जना घाइते भएका छन् । घाइतेहरुमा कञ्चनरुप ७ का ६० वर्षिय उपेन्द्रनारायण चौधरी, बर्ष ५० कि ललोदेवी यादव, बर्ष ६० का जितु यादव, बर्ष ५५ को पपिटलाल चौधरी र उनकी ५० वर्षिय श्रीमति बिना देवि चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरिका प्रहरी निरिक्षक उदय कुमार राइले सेतोमसिलाइ बताए । प्रहरी निरिक्षक राइका अनुसार उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको शव ल्याउन दुई वटा एम्बुलेन्स घटनास्थलतर्फ पठाइएको स्थानिय कन्चनरुप नगरपालिका वडा नम्बर ७ का अध्यक्ष श्यामानन्द चौधरीले जानकारी दिए ।
प्रकाशित मिति : शनिबार, फाल्गुन १० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्