बुटवल- कांग्रेस नेता डा शेखर कोइरालाले भारतको उडिसाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजमा निधन भएकी प्रकृति लम्सालको परिवारलाई भेटेका छन् ।
कोइरालाले रुपन्देहीको भैरहवास्थित लम्साल निवास पुगेर शनिबार प्रकृतिको परिवारसँग भेट गरेका हुन् । प्रकृतिको मृत्यु घटनालाई सरकार र कांग्रेसले अत्यन्तै गम्भीर रुपमा लिएको भन्दै उलने घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिसकेको उनले बताए ।
कोइरालाले उक्त कलेजमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई सहजतापूर्वक होस्टेलमा फर्कने, बस्ने वातावरण र अध्ययनका लागि आवश्यक पहल भइरहेको पनि बताए
लम्सालको परिवारलाई भेट्न कोइराला सहमहामन्त्री जीवन परियार, संघीय सांसद सुरेन्द्र आचार्य, लुम्बिनी प्रदेशका पर्यटनमन्त्री प्रचण्डबिक्रम न्यौपाने, कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनाललाई साथमा लिएर पुगेका थिए ।
प्रकाशित मिति : शनिबार, फाल्गुन १७ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्