सरकारले भन्यो, शिक्षकका मागप्रति गम्भीर छौं, चाँडै निर्णय लिन्छौं

सरकारले भन्यो, शिक्षकका मागप्रति गम्भीर छौं, चाँडै निर्णय लिन्छौं

काठमाडौं । आन्दोलनमा रहेका शिक्षकहरूको माग सम्बोधन गर्नेगरी सरकारले ठोस पहल अघि बढाउने बताएको छ । शिक्षकहरू शिक्षा विधेयकमा आफूहरूले अघि सारेका मागहरू सम्बोधन गर्नेगरी चाँडोभन्दा चाँडो ऐन जारी हुनुपर्ने मागसहित आन्दोलनमा छन् ।

यसबारे बिहीबार साँझ कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई लगायतले छलफल गरेका थिए ।

उक्त छलफलबारे जानकारी गराउँदै उनले भनेका छन्, ‘शिक्षा विधेयक अघि बढाउन सरकारले भूमिका निर्वाह गर्छ ।’

तर, उनले सरकारले कहिले र कसरी माग सम्बोधन गर्नेगरी निर्णय लिने गृहमन्त्री लेखकले बताए ।

‘अहिले हामीले छलफल गरेका छौं । सरकार शिक्षकले उठाएका विषयमा सरकार अत्यन्तै ज्यादा गम्भीर छ । चाँडै यो विषयमा ठोस निर्णयमा पुग्छौं,’ उनले भने ।

 

 

प्रकाशित मिति : बिहिबार, चैत्र २१ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij