खसीबोकाको भन्दै झुक्याएर बाख्रीको मासु विक्रीवितरण गरेको आरोपमा प्रहरीले बुटवलबाट एकजनालाई पक्राउ

खसीबोकाको भन्दै झुक्याएर बाख्रीको मासु विक्रीवितरण गरेको आरोपमा प्रहरीले बुटवलबाट एकजनालाई पक्राउ

बुटवल , खसीबोकाको भन्दै झुक्याएर बाख्रीको मासु विक्रीवितरण गरेको आरोपमा प्रहरीले बुटवलबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–१ जितगढीका ३४ वर्षिय मेराज शाह रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ९डीएसपी० सुरज कार्कीका अनुसार ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले बुधबार बिहान साढे ५ बजे शाहको घरकोठा खानतलासी गर्ने क्रममा बाख्री काटेर भुत्लाउँदै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

‘विभिन्न स्थानहरुबाट बाख्री खरिद गरी आफ्नै घरमा काटेर मासु पसलबाट खसीबोकाको मासु भनी झुक्याएर विक्रीवितरण गर्दै आइरहेको भन्ने गोप्य सूचनाको आधारमा घरकोठा खानतलासी गर्दा प्रहरीले टाउकोसहित २९ के।जी। र तीनवटा बोरामा रहेको काटेको मासु ४१ केजी र काटेर फालेको बाख्रीको विभिन्न भागको अंगहरुको मासुको टुक्रा दुई थान फेला पारेको थियो, ’डीएसपी कार्कीले भने ।

फेला परेको मासु बरामद गरेर मेराज शाहलाई पक्राउ गरी कालोबजार तथा अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ बमोजिमको कसुर शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट ७ दिनको म्याद थप भइ ईलाका प्रहरी कार्यालय बुटवलबाट थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ १ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij