बुटवल । तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइडमा पौडी खेल्ने क्रममा विहिबार डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हनेमा भारतको महाराजगंज जिल्ला अन्तर्गत नौतनवा निवासी १८ वर्षीय सोएब अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी सुनिल मल्लले बताए ।
प्रहरीका अनुसार अन्सारी आफ्ना दाजुभाइ र साथीहरू सहित बुटवल घुम्न आएका थिए। घुम्दै तिनाउ खोलाको ड्यामसाइड पुगेका उनीहरू पौडी खेल्ने क्रममा अन्सारी ड्यामको रहमा डुबेका थिए।
डुबेका अन्सारीको शव अझै फेला नपरेको र खोजी कार्य जारी रहेको डिएसपी मल्लले बताए ।
प्रकाशित मिति : बिहिबार, जेष्ठ ८ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्