काठमाण्डौ – नवयुवा आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकममध्ये अहिलेसम्म ५ अर्ब १८ करोड रुपैयाँ दाबी रकम बीमितलाई भुक्तानी गरिएको छ ।
नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीमा परेका कूल तीन हजार तीन सय तीन वटा बीमा दाबीको झन्डै २३ अर्ब ४५ करोड रुपैयाँ दाबी रकममध्ये अहिलेसम्ममा त्यो रकम भुक्तानी भइसकेको जनाएको हो । सम्पत्ति बीमातर्फ झन्डै तीन अर्ब ८२ करोड रुपैयाँ र गाडी बीमातर्फ झन्डै एक अर्ब २२ करोड रुपैयाँ भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।
इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ झन्डै सात करोड ५० लाख रुपैयाँ, परिवहन बीमातर्फ झन्डै एक करोड ५५ लाख रुपैयाँ र अन्य बीमातर्फ झन्डै पाँच करोड ५० लाख रुपैयाँ अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको छ ।
यस्तै अग्रिम भुक्तानीसहित झन्डै तीन अर्ब दुई करोड पुनःबीमा दाबी भुक्तानी गरिएको छ । भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनःबीमा कम्पनीले निर्जीवन बीमा कम्पनीलाई झन्डै तीन अर्ब दुई करोड अग्रिम भुक्तानीसमेत गरी पुनःबीमा दाबी भुक्तानी गरेको छ ।
नेपाल पुनःबीमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बीमा कम्पनीबाट परेका कूल दुई हजार आठ सय ६२ वटा पुनःबीमा दाबीको दाबी रकम झन्डै १६ अर्ब ६२ करोड रुपैयाँ रहेको अध्यावधिक तथ्याङ्क छ ।
प्रकाशित मिति : बिहिबार, पुष ३ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्