काठमाडौ
सरकारले हाल रोक्का रहेको कृषियोग्य जग्गाको कित्ताकाट खुला गरेको छ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सोमबार एक सूचना जारी गरी कृषियोग्य जग्गाको खण्डिकरण सम्बन्धी भएका पूर्व निर्णयहरु बदर गरिएको जनाएको हो।
‘भूमि उपयोगसम्बन्धी रोक लगाएका यसअघिका परिपत्र खारेज गरी नयाँ व्यवस्था गरेका छौं,’ मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताउनुभयो।
मन्त्रालयले भूउपयोग नीतिसम्बन्धी नियमावलि बनाई मन्त्रिपरिषदमा पेश गरेको छ जुन पारित हुन भने बाँकी छ।
सो नियमावलीमा जग्गाको बर्गिकरण गरी सोअनुसार प्रयोग गर्ने प्रस्ताव तयार पारिएको छ। तर, सो पारित हुनुअघि नै मन्त्रिस्तरको निर्णयबाट मन्त्रालयले कित्ताकाट खुला गरेको छ।
हाललाई भू–उपयोग ऐन २०७६ र प्रचलित कानुनको परिधिमा रही जग्गाको कित्ताकाटसम्बन्धी व्यवस्था खुलाउन मन्त्रिस्तरको निर्णय भएको सो मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ।
सो निर्णय ‘विभागमार्फत् मातहत कार्यालयहरुमा निर्देशन दिने’ भनी मन्त्रिस्तरबाट भदौ १८ मा निर्णय भएको समेत शाखा अधिकृत लक्ष्मणबहादुर कठायतद्वारा जारी सो सूचनामा भनिएको छ।
प्रकाशित मिति : सोमबार, भाद्र २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्