शुदोधन गाउँ पालिका २ बनगाइमा एक युवकको हत्या

शुदोधन गाउँ पालिका २ बनगाइमा एक युवकको हत्या

बुटवल – शुदोधन गाउँ पालिका २ बनगाइमा एक युवकको हत्या भएको छ। बिहान खेतमा घाँस काटन गएका स्थानीयले बाटोको छेउमा रहेको खेतको मेडिमा मा एक युवकको शव मृत अवस्थामा भेटिएको स्थानीयले बताए ।

शव पत्ता नलागे पछि रनैहौरा प्रहरी कार्यालयलाई खबर गरिएको शुदोधन २ का वडा अध्यक्ष बिष्णुप्रसाद बस्यालले बताउनुभयो । प्रहरी अनुसन्धान अनुसार बुटवल १६ सेमलारका ३१ बर्षका युवा टिकाजग कुवर रहेको र उनलाइ फलामको धारीलो हतियार ले प्रहार गरि हत्या गरेको र यो हत्या षड्यन्त्र पुर्ण हत्या हुनसक्ने प्रहरीकोअनुमान रहेको छ । यस हत्याको बारेमा अनुसन्धान भइरहेको र शवलाई पोस्टमाटमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएको र अपराधिलाइ छिटोभन्दा छिटो पक्राउ गरिने एम-के श्रेष्ठले बताउनु भयो।

उक्त स्थानमा मदिराको बोत्तल, प्लास्टिकका चारवटा गिलास र फलामको हतियार लगायतका बस्तु फेला परेको बताइएको छ। लकडाउन सुरु भए यता यस छेत्रमा अपराधिक घट्ना बढेकाले स्थानीय बासी त्रसितमा छन।

प्रकाशित मिति : शुक्रबार, असोज २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij