बुटवल -बुटवल दुर्गानगरमा तिनाउ करीडोरबाट क्षति हुने घर जग्गावालाहरुलाइ उचित ठाँउमा व्यबस्थापन गर्नु पर्ने, क्षतिपूर्ती दिनु पर्ने लगायतको माग राख्दै आत्मा बहादुर रानाको अध्यक्षतामा १५१ जनाको संघर्ष समिति गठन गरिएको छ ।तिनाउ दानव करीडोर बाट क्षति हुने घर जग्गावालाहरुलाई उचित व्यबस्थापन र क्षतिपूर्ती नभय सम्म करीडोरको काम संचालन हुन नदिने र यसको बिरुद्वमा आगामी दिनमा सम्बन्धित निकायमा जुलुस, धर्ना, हडताल लगायतका बिरोधका कार्यक्रम गर्ने गरि संघर्ष समिति गठन भयको अध्यक्ष रानाले बताए ।
स्थानियहरुले यसअघि करीडोरबाट क्षति हुने घर जग्गावालाहरुलाइ उचित ठाँउमा व्यबस्थापन गर्नु पर्ने, क्षतिपूर्ती दिनु पर्ने लगायतको माग राख्दै तिनाउ दानव करीडोर पिडीतका तर्फबाट गृहमन्त्री बालकृष्ण खाण, पूर्ब अर्थ तथा गृहमन्त्री बिष्णु पौडेल, पूर्ब प्रधानमन्त्रि बाबुराम भट्टराई,मुख्यमन्त्री कार्यलय, भौतिक योजना तथा पूर्बधार बिकास मन्त्रालय, बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी, सडक डिभिजन बुटवल, सम्बन्धित वडा कार्यलयहरु र सबै राजनैतिक दललाई ज्ञापन पत्र बुझाई सकेकाछन् ।
कार्यक्रममा ज।स।पा। का लुम्बिनी प्रदेश बिपत व्यबस्थापन समितिका संयोजक तथा मगरात राष्ट्रिय समितिका बरिष्ठ उपाध्यक्ष हरि घर्ती मगर, जसपा का बुटवल नगर ईन्चार्ज बामदेब भुषाल, एकीकृत समाजबादीका जिल्ला सदस्य जुद्व बहादुर के सी, ने क पा ९ नेत्रबिक्रम चन्द नेतृत्व को ० का बुटवल नगर ईन्चार्ज बिरेन्द्र बि क, महिला नेतृ जया पौडेल, नेकपा माओबादी केन्द्रका बुटवल ११ का वडाअध्यक्ष प्रकाश परीयार लगायत करीब ३०० बढिको उपस्थिती रहेको थियो।
प्रकाशित मिति : शुक्रबार, पुष २ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्