रुपन्देही कांग्रेसले १५५ वटै वडामा पार्टी कार्यालय खाेल्ने

रुपन्देही कांग्रेसले १५५ वटै वडामा पार्टी कार्यालय खाेल्ने

बुटवल-नेपाली कांग्रेस रुपन्देहीले बैसाख ३१ मा हुने निर्वाचन केन्द्रित अभियान शुरु गरेको छ ।  पार्टी कार्यालय भैरहवामा सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले रुपन्देहीका सबै वडामा पार्टीको कार्यालय स्थापना गर्ने तथा टोल समिति गठन गर्ने निर्णय गरेको छ ।

फागुन मसान्तभित्र जिल्लाका १ सय ५५ वटै वडामा पार्टीका वडा कार्यालय स्थापना गर्ने र सबै टोलमा पार्टीको टोल समिति गठन गर्ने निर्णय भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले नागरिक अनलाइनलाई जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल रज्जाकको आतिथ्यतामा रहेको थियाे ।

शाहको संयोजकत्वमा अध्ययन समिति गठन :

त्यस्तै पार्टीका गतिविधि अनुगमन गर्नका लागि उपसभापति अनिता शाहको संयोजकत्वमा अध्ययन समिति समेत गठन भएको छ । उक्त समितिमा प्राध्यापक, शिक्षक, वकिल तथा पत्रकारसमेत रहने छन् ।

उक्त समितिले स्थानीय तहका लागि आकांक्षी र लोकप्रिय उम्मेदवारहरूको बारेमा समेत अध्ययन गर्ने कांग्रेस रुपन्देहीका सचिव हरि काफ्लेले जानकारी दिए ।

पार्टीले आगामी फागुन २२ मा सहिद यादवनाथ आलोक र रामप्रसाद चौधरीको स्मृतिमा रुपन्देही क्षेत्र नम्बर १ को सुरजपुरामा स्मृतिसभा एवं सहिद परिवार सम्मान कार्यक्रम गर्ने भएको जिल्ला सदस्य कमला पाण्डेले बताइन् ।

प्रकाशित मिति : सोमबार, फाल्गुन २ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij