शान्ति समाज रूपन्देही बन्याे तेस्रोपटक उत्कृष्ट शाखा,कपिलवस्तुमा सम्मान

शान्ति समाज रूपन्देही बन्याे तेस्रोपटक उत्कृष्ट शाखा,कपिलवस्तुमा सम्मान

 

बुटवल- मानव अधिकार तथा शान्ति समाज रूपन्देही शाखा लगातार तेस्रोपटक देशभरमै उत्कृष्ट बनेकाे छ । देशभरका शाखाहरूमा उत्कृष्ट कार्य सम्पादन गरेको र मानव अधिकारको क्षेत्रमा सक्रिय भएको भन्दै कपिलवस्तुमा आयोजित २४ औं राष्ट्रिय परिषद् बैठकमा प्रशंसापत्रसहित सम्मान प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि डा देबन्द्र राज पाण्डे ,संस्थापक सभापति कृष्णपहाडी, केन्द्रीय सभापति गाेबिन्द खनाल लगायतले रूपन्देही शाखालाई सम्मान प्रदान गरेका हुन् । सम्मान ग्रहणपछि सभापति डि पि खनालले सबैको योगदानले शाखा उत्कृष्ट बनेको भन्दै सहकार्य जारी राख्ने बताउनुभयो । रूपन्देही शाखा यसअघि पनि पाेखरा र दाङमा सम्पन्न राष्ट्रिय परिषद् बैठकमा सम्मानित भएको सचिव कपिल ज्ञवालीले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : शुक्रबार, फाल्गुन २७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij