काठमाण्डाै – सार्वजनिक गाडीको भाडा फेरि बढेको छ । यातायात व्यवस्था विभागले भोलि बुधवारदेखि लागू हुने गरी अन्तरप्रदेशमाचल्ने गाडीको भाडादर समायोजन गरेको हो ।
इन्धनको बजार मूल्य पाँच प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडा घटबढ हुने भएकाले अहिले बढेको विभागले जनाएको छ । गाडी भाडाको आधार लिइएका मूल्य भन्दा अहिले इन्धनको भाउ १० दशमलव ८६ प्रतिशत बढी भएकाले भाडा बढाइएको विभागले जनाएको छ ।
विभागले दुई वा त्योभन्दा बढी प्रदेश भएर राष्ट्रियस्तरका रुटमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक गाडीको भाडा बढाएको हो । जसअनुसार यात्रुवाहक गाडीमा ३ दशमलव ५ प्रतिशत भाडा बढेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा ४ दशमलव ६ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा ५ दशमलव १ प्रतिशतले भाडा बढेको हो ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ ३ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्