विज्ञापन ऐन छिटै आउँछ : मुख्यमन्त्री कसी

विज्ञापन ऐन छिटै आउँछ : मुख्यमन्त्री कसी

बुटवल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो कार्यकालमै विज्ञापन ऐन बनाएर कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले आन्तरिक मामिला तथा सञ्चार मन्त्रान्त्री तिलकराम शर्मालाई विज्ञापन ऐनको मस्यौदा बनाउन र आफूहरुको कार्यकालमै कार्यान्वयनमा ल्याउने गरी काम गर्न निर्देशन दिनुभयो ।
विज्ञापन बोर्डले शुक्रबार बुटवलमा आयोजना गरेको विज्ञापन आचारसंहिता एवम् विज्ञापन राष्ट्रिय नीति सम्बन्धि प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले बोर्डले तयार गरेको आचार संहिता र नीतिलाई समेत हेरेर प्रदेशले ऐन बनाउने बताउनु भयो । संघीय सरकारले समयमै काम नगर्दा प्रदेशलाई पनि आफ्ना कार्यक्रम अगाडि बढाउन समस्या भएको बताउँदै उहाँले प्रदेशको विज्ञापन नीतिमा हेरफेर हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले विज्ञापन समग्र अर्थतन्त्रसंग जोडिएको विषय भएकाले यसलाई ठोस योजना बनाएर अगाडि बढाउनु पर्ने भनाई राख्नुभयो । उहाँले सोही अनुसार प्रदेश सरकारले ऐन कानुन तथा नीतिहरु बनाउने र मुख्यमन्त्रीको निर्देशन अनुसार नै आफूहरुको कार्यकालमै विज्ञापन ऐन बनाएर कार्यान्वयनमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यसलाई कस्तो बनाउने सुझाव सल्लाह दिन पनि उहाँले आग्रह गर्नुभयो ।
त्यस अवसरमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले ढिला भएपनि २ वर्ष अगाडि ऐन आएपछि विज्ञापनलाई व्यवस्थित गर्न आफूहरु लागि परेको बताउनु भयो । विज्ञापन नियमन गर्ने ऐन, २०७६ र विज्ञापन (नियमन गर्ने) नियमावली, २०७६ को व्यवस्था अनुसार विज्ञापन बोर्ड गठन भएको र सोही बोडले विज्ञापनलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा मस्यौदा तयार गरि छलफल अन्तरक्रियाको क्रममा रहेको बताउनु भयो ।
त्यस्तै लुम्बिनी प्रदेशका मुख्य सचिव डिल्लीराम शर्माले निर्माण हुने ऐन नियम र कानुनहरुले सबैलाई हित गर्नुपर्ने र सरोकारवालाहरुको अधिकार पनि सुनिश्चित गराउनु पर्ने भनाई राख्नुभयो । त्यैगरी विज्ञापन बोर्डका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद सापकोटाले विज्ञापन आचारसंहिता तथा विज्ञापन नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको र आगामी आर्थिक वर्ष २०७९÷०८० बाट लागु गर्ने तयारीमा रहेको जानकारी गराउनु भयो ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २० २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij