काठमाण्डाै – मौसम खराब हुँदा आन्तरिक उडान प्रभावित भएका छन् । अहिले विराटनगर, सुर्खेत, पोखरा र लुक्लामा उडान हुन सकेको छैन ।
मौसम केही खुलेसँगै भैरहवामा भने उडानको तयारी भएको छ । विराटनगर, सुर्खेत, पोखरा र लुक्लाबाहेकका अन्य विमानस्थलमा उडान थालिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । यस्तै, अन्तर्राष्ट्रिय यडान पनि भइरहेका छन् ।
आजदेखि पर्सिसम्म नै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् सजिना शाक्यका अनुसार यो समयमा सातै प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
प्रकाशित मिति : मंगलबार, असार १४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्