काठमाडौं – समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।
दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिका साथै आगामी २७ गते बोलाइएको केन्द्रीय समिति बैठकका एजेण्डाका विषयमा छलफल हुने छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा स्थानीय तहको समीक्षा र भ्रातृ तथा शुभेच्छुक संस्थाका विधान लगायतका विषयमा पनि छलफल हुने जानकारी दिए ।
प्रकाशित मिति : मंगलबार, असार २१ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्