आयोगले आज सरकार समक्ष निर्वाचनको मिति प्रस्ताव गर्ने

आयोगले आज सरकार समक्ष निर्वाचनको मिति प्रस्ताव गर्ने

काठमाडौं –  निर्वाचन आयोगले आज सरकारसमक्ष प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मिति प्रस्ताव गर्ने भएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहित आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति प्रस्ताव गर्न लागेका हुन्।
आयोगका पदाधिकारीले हिजै भेट्न समय मागे पनि प्रधानमन्त्रीको कार्यव्यस्तताले कारण आज भेट्न लागिएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए।

आयोगले आगामी मंसिर २ वा ५ गते एकै चरणमा गर्ने गरी चुनावको मिति प्रस्ताव गर्न लागेको हो। आयोगसँगको परामर्शमा सरकारले चुनावको मिति घोषणा गर्ने कानुनी व्यवस्था छ।

आयोगले आयोगले मिति सिफारिस गरेपछि चुनावको तयारीका लागि कम्तिमा १ सय २० दिन समय राखेर सरकारले निर्वाचनको मिति घोषणा गर्नेछ।

आयोगले एकै चरणमा संघीय र प्रादेशिक तहको निर्वाचन गर्नेगरी सिफारिस तयार पारेको बताइएको छ। यसअघि कात्तिक ३० गते चुनाव गनेगरि सिफारिस गर्ने भनिएपनि आयोगले मंसिर २ वा ५ मध्ये एक दिनलाई रोजेको हो।

त्यसपछि भने निर्वाचन गराउन विकट भौगोलिक जिल्ला तथा उच्च भेगमा कठिन हुने आयोगको तर्क छ। यसअघि २०७४ सालमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन मंसिर १० र २१ गते गरी दुई चरणमा गरिएको थियो।

 

प्रकाशित मिति : बुधबार, असार २२ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij