अर्थ मन्त्रालयको बजेट कार्यान्वयन मार्गदर्शन : साउनभित्रै बोलपत्र र कात्तिकदेखि काम थाल्नुपर्ने

अर्थ मन्त्रालयको बजेट कार्यान्वयन मार्गदर्शन : साउनभित्रै बोलपत्र र कात्तिकदेखि काम थाल्नुपर्ने

काठमाण्डाै – नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले ‘बजेट कार्यान्वयन मार्गदर्शन’ जारी गरेको छ । आर्थिक वर्षको अन्त्यमा मात्रै हतारमा कमसल काम गर्ने कार्यशैलीमा परिवर्तन ल्याउने उद्देश्यकासाथ अर्थ मन्त्रालयले नयाँ बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको हो ।

हिजो जारी भएको मार्गदर्शनमा स्वीकृत वार्षिक कार्यक्रममा परेका निर्माण आयोजनाको तयारी चरण पूरा गरी कार्यक्रम/आयोजनाको त्रैमासिक विभाजनसहितको वार्षिक खरिद योजना, विस्तृत डिजाइन र लागत अनुमान समेत तयार पारेर यही साउन मसान्तभित्र स्वीकृत गरी बोलपत्र आह्वान गरिसक्न भनिएको छ ।

असोज मसान्तभित्र आयोजनाको बोलपत्र मूल्याङ्कन गरी ठेक्का सम्झौता गर्नुपर्ने र ठेक्का सम्झौता भएको १५ दिनभित्रै काम सुरु गरिसक्नुपर्ने मार्गदर्शनमा उल्लेख छ । मन्त्रालय/निकाय मातहत पुँजीगत खर्च गर्ने कार्ययोजना समेत असोज मसान्तभित्र तयार गरी त्यसको मासिक अनुगमन सरोकारवाला निकायले गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

विनियोजित कार्यक्रम/आयोजनामा नपरेका आयोजना र कार्यक्रमलाई बजेट, निकासा, रकमान्तर तथा कार्यक्रम संशोधनको माग समेत गर्न नपाइने र त्यसरी माग भइ आएमा समेत निकासा नदिन मन्त्रालयले भनेको छ । नयाँ बजेट कार्यान्वयन गर्ने निकायले सम्बन्धित आयोजनाको ठेक्का पाएका निर्माण व्यवसायीमाथि पुरस्कार र दण्डको नीति लिनुपर्ने मार्ग दर्शनमा उल्लेख छ ।

 

अन्तिम अपडेट: साउन २, २०७९

प्रकाशित मिति : सोमबार, साउन २ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij