रोट्रयाक्ट क्लव अफ सैनामैनाको अध्यक्षमा पूजा पाण्डे

रोट्रयाक्ट क्लव अफ सैनामैनाको अध्यक्षमा पूजा पाण्डे

 

सैनामैना ।

रोट्रयाक्ट क्लव अफ सैनामैनाको सातौं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पद हस्तान्तरण कार्यक्रम सन् २०२१÷०२२ का अध्यक्ष प्रज्वल भुसालले २०२२÷०२३ का अध्यक्ष पूजा पाण्डेलाई पद हस्तान्तरण गर्नुभएको हो । सैनामैना २ बाबरी पार्टी प्यालेसमा भएको कार्यक्रममा भुसालले पाण्डेलाई रोट्रयाक्ट अध्यक्ष कोलार लगाएर क्लबको चार्टर सर्टिफिकेट तथा ग्यावल हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा रोटरी वर्ष २०२२÷०२३ का असिस्टेन्ट डिष्ट्रिक रोट्रयाक्ट रिप्रिजेन्टेटिभ रेशम खड्काले पूजा पाण्डेलाई र अध्यक्ष पाण्डेले रोट्रयाक्टका बोर्ड पदाधिकारीलाई सपथ ग्रहण गराउनु भएको थियो । पद ग्रहण गर्दै अध्यक्ष पाण्डेले आफ्नो कार्यकालमा हुने कार्य योजनाको बारेमा प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा वर्ष २०२१÷०२२ का अध्यक्ष प्रज्वल भुसालले आफ्नो कार्यकालमा भए गरेका प्रगति प्रतिवेदन सँगै विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले क्लवमा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउनेलाई सम्मान गर्नुका साथै क्लवका पदाधिकारी र धेरै प्रोजेक्ट कोर्डिनेटको अवार्र्ड सविन आचार्य, एक्टिभ मेम्बर अवार्ड परिवेश केसी, हाइऐष्ट प्रोग्राम एटेन्डेन्स अवार्ड सिता पौडेल र सपोटिभ अवार्डबाट राजु पौडेललाई सम्मान गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माले क्लवमा आबद्ध युवाहरु आफ्नो व्यक्तित्व विकाससँगै समाजमा सकारात्मक सन्देश दिने खालका कार्यक्रम गर्नुपर्ने बताउनुभयो । नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिदैँ नगरपालिका सहकार्य गरेर अगाडि बढ्न तयार रहेको समेत उहाँले उल्लेख गर्नुभयो ।

विशिष्ठ अतिथि रोट्रयाक्ट डिष्ट्रिक ३२९२ का एडिआआर रेशम खड्काले रोट्रयाक्ट क्लव अफ सैनामैना यस क्षेत्रमा मात्र नभएर डिस्ट्रिक्टमा पनि छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो । राम्रा योजनाहरुमा डिस्ट्रिक्टले पनि सहकार्य गर्ने बताउँदै उत्कृष्ट कार्यकालका लागि नवनिर्वाचित अध्यक्षसहित सम्पूर्णलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

रोटरी क्लव सैनामैनाका संस्थापक अध्यक्ष मिन प्रसाद पौडेलले ६ वर्ष अगाडि स्थापना भएको क्लवले समाजमा उदाहरणीय कार्य गर्न सफल भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि क्लवले थप नयाँ र समाजमा देखिने खालका कामहरु गनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा रोटरी क्लव अफ सैनामैनाका प्रेसिडेन्ट इलेक्ट माधव खनाल, रोट्रयाक्ट क्लव अफ सैनामैनाका पास्ट प्रेसिडेन्ट रेशम बाबु खनाल, रोट्रयाक्ट क्लव अफ रुद्रमति बबरमहलका आइपिपि पृथ्वी श्रेष्ठ, रोट्रयाक्ट क्लव अफ पोखरा मिडटाउनका सहसचिव बिनित कुमार छन्तयाल र रोट्रयाक्ट क्लव अफ दक्षिणकालीका भाइस प्रेसिडेन्ट प्रशान भुसाल लगायतले बोल्दै व्यक्तित्व विकाससँगै क्लवको छविलाई अझै माथि पुर्याउनुपर्नेमा जोड दिदैँ सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रम पहिलो सेसन प्रज्वल भुसाल ,दोस्रो सेसन पूजा पाण्डेको अध्यक्षता, सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता तथा रोट्रयाक्ट डिष्ट्रिक ३२९२ का एडिआरआर रेशम खड्का,रोटरी क्लव अफ सैनामैनाका चार्टर प्रेसिडेन्ट मिन प्रसाद पौडेल र बुटवल उपमहानगरपालिका वडा नंं १२ का वडाध्यक्ष डिल्ली प्रसाद शर्मा उपाध्यायको विशिष्ठ आतिथ्यतामा भएको हो ।

कार्यक्रममा वर्ष २०२१ ÷ ०२२ फस्ट लेडि शोभा बेल्बासे भुसाल, वर्ष २०२२÷०२३ फस्ट जेन्टलमेन अर्जुन खरेल, रोटरी क्लव अफ सैनामैनाका आइपिप,रोटरीका पूर्वअध्यक्षहरु, डिस्ट्रिक्ट पदाधिकारी, रोट्रयाक्ट पूर्वअध्यक्षहरु,जोन १८,१९,२०,२१, २२ का जेडआरआर, विभिन्न क्लवका प्रेसिडेन्ट लगायतको आतिथ्यता रहेको थियो ।

यसैबिच रोट्रयाक्ट क्लव अफ सैनामैनाले क्लव डाइरेक्टरी विमोचन गरेको छ । पदस्थापन कार्यक्रममा नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा, एडिआरआर रेशम खड्का, रोटरी क्लव अफ सैनामैनाका संस्थापक अध्यक्ष मिन प्रसाद पौडेल, अध्यक्ष पूजा पाण्डे र बुटवल १२ का वडाध्यक्ष डिल्ली प्रसाद शर्मा लगायतले विमोचन गर्नुभयो । त्यस्तै रोट्रयाक्ट क्लव अफ सैनामैना, रोट्रयाक्ट क्लव अफ पोखरा मिडटाउन र रोट्रयाक्ट क्लव अफ रुद्रमति बबरमहलबिच टिप्लेट क्लवको लागि सम्झौता पत्रमा हस्ताक्षर समेत गरिएको छ ।

प्रेसिडेन्ट इलेक्ट एवम् कार्यक्रम संयोजक विष्णु खत्रीको स्वागतमा भएको कार्यक्रममा वर्ष २०२१÷०२२ सचिव कल्पना भट्टराई र २०२२ ÷ ०२३ सचिव अस्मित सुबेदीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा क्लवमा सहयोग गर्ने व्यक्ति एवम् संघसंस्थाहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रममा डिष्ट्रिक पदाधिकारी, विभिन्न जोनका जेडआरआर एवम् प्रतिनिधी ,रोटरी, रोट्रयाक्ट एवम् सामाजिक संघ संस्थामा आबद्ध प्रमुख तथा प्रतिनिधीको सहभागिता थियो ।

 

प्रकाशित मिति : सोमबार, साउन २३ २०७९

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij