काठमाडौं : प्रतिनिधिसभाको आइतबारको बैठक स्थगित भएको छ।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनका कारण स्थगित भएको संसद सचिवालय स्रोतले जनाएको छ।
आज गिरीको श्रद्धाञ्जली र अन्त्येष्टिमा सहभागी हुनुपर्ने भएकाले नेपाली कांग्रेसको आग्रहमा प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो।
गिरीको शनिबार राति साढे ९ बजे ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको हो।
गिरीको पार्थिव शरीरलाई बिहान अस्पतालको शिवालय र पार्टी केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ र त्यसपछि आजै पशुपतिमा अन्त्येष्टि गरिने छ।
प्रकाशित मिति : आइतबार, भाद्र ५ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्