काठमाण्डौ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्नु भएको छ ।
बिहान १० बजे गन्यापधुरा गाउँपालिका १ असिग्राम माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा उहाँले मतदान गर्नु भएको हो ।
प्रधानमन्त्री देउवा सातौँ पटक डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवार हुनुहुन्छ । मतदानपछि उहाँले लोकतन्त्रको सुन्दर पक्ष मतदानबाट आफ्नो प्रतिनिधि चुन्नु भएकाले सबैले आफ्नो मताधिकार प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रकाशित मिति : आइतबार, मंसिर ४ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्