बुटवल – आज महाशिवरात्री, विहानैदेखि शिवलयमा श्रद्धाले भक्तजनहरुको घुँइचो लागेको छ । पाल्पाको सिद्धबाबा, रुपन्देहीको बोलबमधाम, मुक्तिनाथ धाम लगायतका शिवालयहरुमा भिड लागेको हो ।
यसै बीच सिद्धबाबा मन्दिर बिकास समितिले महाशिवरात्रीको अवसरमा शिव पूजन, रुद्राभिषेक पूजा, अखण्ड हरिकीर्तनको आयोजना गरिएको अध्यक्ष सन्तोष कुमार शेरचनले बताएका छन् । भक्तजनको शुविधाका लागि आज शनिबार सिद्धबाबाको निःशुल्क बस बाहेक थप ६ वटा बसको व्यवसथापन गरिएको अध्यक्ष शेरचनले बताए । बुटवलका राजमार्ग चौराह, मिलनचोक, ट्राफिक चोक तथा पाल्पाको झुम्सामा बसको व्यवस्था गरी दिनभर यातायात उपलब्ध गराउने उनले बताए । यसैगरी व्यवसथापनलाई सहज बनाउनका लागि बिभिन्न सामाजिक संघ संस्थाहरुसँग समन्वय गरिएको उनले बताए ।
प्रकाशित मिति : शनिबार, फाल्गुन ६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्