बुटवल,
अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीमा एक जना युवा घाइते भएका छन् ।
जिल्लाकाे सियारी गाउँपालिका-३ का २० वर्षीय वीरेन्द्र केवटलाई बुधबार साँझ अज्ञात समूहले गोली प्रहार गरेका हुन् ।
अपरिचित ब्यक्तिहरूकाे समूहले उनलाई घेरा हालेर मोबाइल लुट्ने प्रयास गरेको र त्यसक्रममा केवटले मोबाइल जोगाउन खोज्दा गोली हानिएको जिल्ला प्रहरी कार्यालयका रूपन्देहीका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । केवटको खुट्टामा गोली लागेको छ । उनलाई भीम अस्पतालमा सामान्य उपचारपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्नको खोजी कार्य र घटना अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
प्रकाशित मिति : बुधबार, बैशाख ६ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्