रवि लामिछानेका चालककाे मृत्यु

रवि लामिछानेका चालककाे मृत्यु

काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापाको मृत्यु भएको छ ।उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो
२ बजेतिर मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।आफन्तले उनको शव अस्पतालबाट लिएर गइसकेकाे बताइएको छ ।

सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला वैशाख ४ गते बिहान पौने ४ बजेतिर थापा घरको छतबाट खसेर घाइते भएका थिए ।

सुरूमा भरतपुरमै उपचार गरेपछि थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार थालिएको थियो ।

सुरूदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भएको थियो।

घटना भएको रात रास्वपाका महामन्त्री डाक्टर मुकुल ढकालका चालक पनि थापासँगै सुतेका थिए । थापा राति छतबाट खसेपछि चितवन प्रहरीले उक्त घटनाको अनुसन्धान गरेको थियो ।

अनुसन्धानमा उनले राति रक्सी खाएको र त्यसैको नसामा हिँडदा छतबाट खसेको हुनसक्ने देखिएको चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए ।

प्रकाशित मिति : मंगलबार, बैशाख १९ २०८०

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij