इडनमा शुभकामना तथा बधाई कार्यक्रम सम्पन्न

इडनमा शुभकामना तथा बधाई कार्यक्रम सम्पन्न

वुटवल- इडन इङ्गलिस बोर्डिङ्ग स्कुल वुटवल-११, नहरपुरको शुभकामना तथा बधाई कार्यक्रम शाही ल्यान्ड होटेलमा एक समारोहका बिच भब्य रुपमा सम्पन्न भएको छ। कक्षा ११ का विद्यार्थीहरुद्वारा आयोजित उक्त कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरुलाई आउँदै गरेको एस. एल. सी. परीक्षाको लागि शुभकामना विदाई गर्ने उदेश्यले आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता कक्षा ११ कि छात्रा मुस्कान रानाले गर्नुभएको थियो भने प्रमुख अतिथि विद्यालयका अध्यक्ष नकुल शाही ठकुरी रहनु भएको थियो। विद्यालयका प्राचार्य शिवहरी भट्टराई विशिष्ट अतिथी र अन्य अद्यापकहरु तथा कक्षा १२ का विद्यार्थीहरु अतिथिको रुपमा रहनु भएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि विद्यालयका अध्यक्ष तथा जनप्रति-निधि नकुल शाही ठकुरीले विद्यालयले बुटवल पश्चिम क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको जानकारी दिनुभयो । विद्यालय शैक्षिक तथा ब्यबहारिक शिक्षामा अग्रस्थानमा रहेको र होटेल ब्यबस्थापनका लागि आफ्नै होटेलसहितको एकमात्र विद्यालय इडन स्कुल भएको बताउनु भयो। कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य शिवहरी भट्टराईले विद्यार्थीहरुलाई शुभकामना तथा उत्कृष्ट नतिजाका लागि मेहनेतका साथ लाग्नका लागि आग्रह गर्नुभयो। । कार्यक्रममा कक्षा ११ बाट रितिका चौधरीले स्वागत मन्तब्य, शिक्षकहरुले शुभकामना मन्तब्य र कक्षा १२ का रिजन चौधरीले धन्यवाद मन्तब्य राख्नुभएको थियो भने कार्यक्रमको सन्चालन कक्षा ११ का निशा अर्याल र राजन आलेले गर्नुभएको थियो।

प्रकाशित मिति : आइतबार, चैत्र ३१ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij