पाल्पा – पाल्पामा यात्रुवाहज जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं. ३ बैघाकी १७ वर्षीया एलिजा सारु रहेको स्थानीय रमेश न्यौपानेले जानकारी दिए ।
सारुको जिपले च्यापिएर ज्यान गएको न्यौपानले बताए । आइतबार बेलुका तानसेनबाट भालेबासका लागि छुटेको लु १ ज १७२४ नम्बरको जिप बगनासकाली ४ को बेलडाँडा भन्ने स्थानमा ब्रेक फेल भई दुर्घटना भएको हो ।
ब्रेक फेल भएको गाडी सडकै पल्टिदा अन्य ५ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको टाउँकोेमा चोट लागेका कारण अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सबै घाइतेलाई तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासका उपचारका लागि पठाइएको छ । दुर्घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, बैशाख ७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्