देशकै उत्कृष्ट बन्यो त्रिफला पुस्तकालय

देशकै उत्कृष्ट बन्यो त्रिफला पुस्तकालय

झापा-अन्न त्यागेर फलाहारी भएका खाली खुट्टा हिँड्ने एक सन्तले स्थापना गरेको झापाको त्रिफला राष्ट्रिय पुस्तकालय देशकै उत्कृष्ट भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १३ औँ पुस्तकालय दिवसको अवसरमा आज त्रिफला पुस्तकालयलाई मुलुककै वर्ष उत्कृष्ट घोषित गर्दै सम्मानित गर्ने निर्णय गरेको छ ।

मन्त्रालयका उपसचिव यादवचन्द्र निरौलाले नेपालमा मात्र नभई पूर्वोत्तर भारतमा समेत नेपाली भाषा, साहित्य तथा पुस्तकालय सेवामा त्रिफला राष्ट्रिय पुस्तकालयले पु¥याउँदै आएको विशिष्ट योगदानको कदरस्वरूप यस वर्षको उत्कृष्ट सम्मान प्रदान गरिएको बताए ।

मन्त्रालयले हरेक वर्ष एउटा पुस्तकालयलाई उत्कृष्ट सम्मान प्रदान गर्दै आएको छ । यसवर्ष कोभिड–१९ को विषम परिस्थितिका कारण सहज अवस्था भएपछि समारोहको आयोजना गरी सम्मानपत्र हस्तान्तरण गरिने निरौलाले जानकारी दिए ।

मेचीनगर–१० धुलाबारीमा पुस्तकालयको तीन तले पक्की भवन छ । पुस्तकालयमा हजारौँ पुराना र नयाँ पुस्तकहरु छन् । ई–लाइबे्ररीको पनि सुविधा छ । विसं २०५३ सालमा स्थानीय प्रेमप्रकाश पोखरेल (फलाहारी)ले यो पुस्तकालयको स्थापना गरेका हुन् । उनले तीन दशकदेखि नुन, अन्न र चप्पल–जुत्ता परित्याग गरेका छन् । गेरु वस्त्र धारण गर्ने उनले लागूपदार्थको दुव्र्यसनविरुद्ध जनचेतना फैलाउन र धार्मिकस्थलहरुको प्रचार गर्न मुलुकका सबै जिल्लाको खाली खुट्टा पैदल यात्रा गरेका छन् ।

पुर्खाले आर्जेको ज्ञान पुस्तकमा हुने र त्यसको अध्ययन र पठनमा आममानिसलाई प्रोत्साहित गर्न पुस्तकालय खोल्ने सोचअन्तर्गत त्रिफलाको स्थापना गरेको फलाहारीले बताए । उनले जीवनका उर्वर उमेर र आफ्नो सारा श्रम पुस्तकालयको स्थापना, पुस्तक संकलन र भवन निर्माणका लागि सहयोग जुटाउन खर्चिए । उनकै अध्यक्षतामा गठित सञ्चालक समितिले स्थापनाकालदेखि पुस्तकालयको नेतृत्व गर्दै आएको छ ।

प्रकाशित मिति : सोमबार, भाद्र १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij