बुटवल -प्रदेश १ , बागमती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा आज (बिहीबार) भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यी प्रदेशका केही स्थानमा अहिले पनि हल्का वर्षा भइरहेको छ । मौसममा सामान्य बद्ली भई केही स्थानमा भने मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मनसुनको न्युन चापीय रेखा हाल औसत भन्दामाथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको जनाइएको छ । महाशाखाका अनुसार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति : बिहिबार, भाद्र २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्