बुटवलका ३१ सहित शनिबार रुपन्देहीमा थप ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बुटवलका ३१ सहित शनिबार रुपन्देहीमा थप ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बुटवल ।
बुटवल उपमहानगरपालिकाका ३१ सहित शनिबार रुपन्देहीमा थप ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यससँँगैै रुपन्देहीमा कोेरोेना संक्रमितको कुल संख्या २ हजार पुगेको छ ।

पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका ३१ सहित रुपन्देहीमा ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शनिबार रुपन्देहीमा सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकाका ३१ जना, सिद्धार्थनगर नगरपालिकाका ११ जना,देवदह नगरपालिकाका ७ जना,सैनामैना नगरपालिकाका ३ जना, तिलोत्तमा नगरपालिकाका २ जना, सुद्धोधन गाउपालिकाका २ जना तथा लुम्बिनी सांस्कृतिक नगरपालिका र मायादेबी गाँउपालिकाका १÷१ जना गरी ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

रुपन्देही जिल्लामा १ हजार २ सय २८ जना कोरोना भाइरस संक्रमित उपचार पछि निको भएर घर फर्कीएका छन भने २० जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ ।

रुपन्देहीमा हाल ७ सय ५२ जना कोरोना भाइरस संक्रमित उपचाररत रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : शनिबार, असोज ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij